Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नेप्सेमा २४ अंकको गिरावट

नेप्सेमा २४ अंकको गिरावट


  • 1.7K
    Shares

    नेप्सेमा २४ अंकको गिरावट
    images

    काठमाडौं । साताको दास्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २४।६३ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ । 

    आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । 

    सबै समूहका सूचक घटेको छ। बैंकिङ ०.७३, विकास बैंक ०.०१, फाइनान्स १.००, होटल तथा पर्यटन ०.९३, जलविद्युत् १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन १.२०, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६१, अन्य १.३१ तथा व्यापार १.७४ प्रतिशत घटेको छ ।

    हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४, स्वाभिमान लघुवित्तको १०.८०, सिर्जनशील लघुवित्तको ७.३९ प्रतिशत मूल्य बढेको छ ।

    टक्सार पिखुवाखोलाको मूल्य सबैभन्दा धेरै १४.०३ प्रतिशत घटेको छ । त्यस्तै याम्बलिङ हाइड्रोपावरको ८.२३ प्रतिशत घटेको छ । यी दुवै कम्पनीको मूल्य अघिल्लो दिनसम्म १५ प्रतिशत बढेका थिए । सूचीकृतपछि पहिलो पटक दुवै कम्पनीको मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । टक्सार पिखुवाखोलाको ११ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    fg.JPG

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १५:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij