Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो

ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो


  • 1.4K
    Shares

    ओलीको आरोपः सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्वन गरेको हो
    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टिय फुटबल महासंघ ९फिफा०ले  अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गरेको आरोप लगाएका छन् ।
     
    नेपाल खेलकुद महासंघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गरेका हुन् । अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेपलाई रोक्न लागि पनि पार्टीका संवद्ध पक्षलाई निर्देशन दिएका छन् । उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोवल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रमा सबैलाई अपिल गरेका छन् । 

    अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याउका छन् । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यस क्षेत्रको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाई थियो ।

    अध्यक्ष ओलीले भने,‘ खेल क्षेत्रको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने हो । सरकार त हस्तक्षेप गरेर एन्फालाई अन्तराष्टि खेलमा नै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ । यस स्थितिलाई हामीले परिवर्तन गर्नैपर्दछ । टुप्पामा परिवर्तन गर्न खोजेर हुँदैन । यसलाई जरैदेखि परिर्वतन गर्नु पर्दछ, फेदैदेखि परिवर्तन गर्नुपर्दछ । अनि मात्रै परिवर्तन हुन्छ । तपाईहरुको मनोवल कमजोर हुनुहुँदैन । एन्फा अहिले प्रतिवन्ध भयो । त्यसलाई प्रतिवन्धको अवस्थाबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरु अनेत्रका जस्तै विभिन्न खेलाडीहरुको नाम चम्किएजस्तै नेपाली खेलाडीहरुको पनि  अन्तराष्ट्रिय जगतमा नाम चम्किन सक्छ । उनीहरुको कारणले नेपालको प्रतिष्ठा बढ्नसक्छ । यस दिशामा काम गरेर खेलकुद महासंघले योगदान गर्न सकोस् ।’

    अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी समेत गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १५:१९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij