Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिरहामा १४ किलो गाँजासहित ६५ वर्षीय वृद्ध पक्राउ

सिरहामा १४ किलो गाँजासहित ६५ वर्षीय वृद्ध पक्राउ


  • 1.2K
    Shares

    सिरहामा १४ किलो गाँजासहित ६५ वर्षीय वृद्ध पक्राउ
    images

    काठमाडौं । सिरहा प्रहरीले भारी परिमाणको अवैध लागूऔषध गाँजासहित एक वृद्धलाई पक्राउ गरेको छ। धनगढीमाई नगरपालिका-३ कुर्वा टोल बस्ने ६५ वर्षीय जोगिन्द्र साहलाई १४ किलोग्राम गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले साहको घरमा छापा मारेको थियो।

    घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।

    पक्राउ परेका साहलाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १४:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij