२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धि उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले उक्त स्पष्ट पारेका हुन् ।
सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ भन्नेकुरामा सरकार जानकार रहेको बताएका छन् । उनले हुलाक सेवालाई पनि सरकारले सार्वजनिक–निजी साझेदारीमा अघि बढाउन चाहेको पनि उल्लेख गरेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको कामलाई प्राथमिकताका साथ अघि बढाएको र त्यसमा निकै राम्रो प्रगति भएको जिकीर पनि गरेका छन् ।
सञ्चारमन्त्री तिमिल्सिनाले भनेयो,‘ यो हुलाकसँग सम्बन्धित पोलिसीहरुको रिफर्म जरुरी छ । हुलाकको स्ट्रक्चरको नै रिफर्म जरुरी छ । यसको एक्जस्टिङ बडीहरुको इफिसेन्सी बढाउनुपर्नेछ । धेरै कामहरु छन् । पहिला हामीले केही शुरुवात गरेका छौँ । गर्नुपर्ने के हो भन्नेकुरा पनि आईडेन्टीफाई भएका छन् । यो सरकारको सय दिन पुग्न पुग्न लागेको छ । सय दिनभित्र हुलाकसँग सम्बन्धित केही कामहरु हामीले आँटेका थियौँ । त्यो कामहरुका निकै राम्रो प्रगति पनि भएको छ । र, आउँदो वर्षमा हुलाकलाई कहाँ पु¥याउन सकिन्छ भन्ने बारेमा हामी गम्भिर छौँ । गम्भिरतासहित काम गर्छौं । अव यसमा अघि प्रसंग पनि आयो । के सरकारी हुलाक सेवाले मात्रै देशको सम्पूर्ण यो जुन पोष्टपोन्ड सर्भिस छ । यसलाई इफेक्टिभ बनाउन सक्छ रु अथवा त्यो जरुरी छ रु त्यो सम्भव पनि नहोला । र त्यो जरुरी पनि छैन । अघि भनेको जस्तो पब्लिक प्राईभेटबाट । किनभने सबै कुराहरु सरकारको नियन्त्रणबाट गर्ने भन्ने सरकारको सोच पनि होइन । र निजी क्षेत्रले सरकारी क्षेत्रसँग गरेर नै जनतासम्म प्रभावकारी सेवा दिन सकिन्छ भन्ने कुरामा सरकार जानकार छ । म यहाँहरुलाई अनुरोध पनि गर्न चाहन्छु–यहाँहरु जो जो स्केटहोल्डर्स हुनुहुन्छ । यदि कुनै समस्याहरु छन भने हामी सहजीकरण गर्नेछौँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij