Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नागरिकता र भूमि अधिकार माग्दै सुस्तावासी काठमाडौंमा, माइतीघरमा धर्ना दिने तयारी

नागरिकता र भूमि अधिकार माग्दै सुस्तावासी काठमाडौंमा, माइतीघरमा धर्ना दिने तयारी


  • 1.5K
    Shares

    नागरिकता र भूमि अधिकार माग्दै सुस्तावासी काठमाडौंमा, माइतीघरमा धर्ना दिने तयारी
    images

    काठमाडौं । भारतीय सीमावर्ती क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौं आइपुगेका छन्। सरकारलाई आफ्ना मागहरू बुझाउन र दबाब दिन उनीहरू सामलतुमल (खाद्यान्न) सहित राजधानी आएका हुन्। 

    आन्दोलनकारीहरूले आजैदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने तयारी गरेका छन्। आइतबार बुटवलमा ‘सुस्ता बचाउ अभियान’ र ‘सुस्ता बचाउ युवा अभियान’ ले संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। राज्यको निरन्तर उपेक्षाका कारण निर्णायक संघर्षमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ।

    प्रधानमन्त्रीको भनाइपछि भारतीय पक्षबाट दबाब बढेको आरोपसुस्तावासीका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे संसदमा दिएको विवादास्पद अभिव्यक्तिका कारण सीमा क्षेत्रमा भारतीय पक्षबाट आफूहरू थप पेलिन र प्रताडित हुन थालेका छन्। यसबारे आफ्ना पीडा र समस्या राख्न पटक(पटक प्रधानमन्त्रीको सचिवालयमा समय माग गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

    १२० भन्दा बढी परिवार नागरिकताविहीनलामो समयदेखि सीमाको रक्षा गर्दै आएका सुस्ता-५ का मात्रै करिब १२० घरपरिवार अझै पनि नेपाली नागरिकता पाउनबाट वञ्चित छन्। नागरिकता र जमिनको लालपुर्जा नहुँदा आधारभूत राज्यसुविधाबाट समेत वञ्चित हुनुपरेको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १३:३०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij