Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

'प्रहरी हौँ' भन्दै हतकडी लगाएर साढे १० लाख लुट्ने गिरोह पक्राउ

'प्रहरी हौँ' भन्दै हतकडी लगाएर साढे १० लाख लुट्ने गिरोह पक्राउ


  • 2.0K
    Shares

    'प्रहरी हौँ' भन्दै हतकडी लगाएर साढे १० लाख लुट्ने गिरोह पक्राउ
    images

    काठमाडौं । काठमाडौंको वनस्थलीमा जग्गा किन्न आएका एक व्यक्तिलाई ‘प्रहरी हौँ’ भन्दै हतकडी लगाएर साढे १० लाख रुपैयाँभन्दा बढी लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा संलग्न गिरोहलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिद गर्ने सिलसिलामा काठमाडौं आएका थिए। 

    गत असार ९ गते बेलुका अन्दाजी ७ बजे वनस्थलीस्थित चिनजानका साथी शेरबहादुर मोक्तानको कोठामा बसिरहेका बेला ५र६ जनाको समूहमा आएका मानिसहरूले उनलाई नियन्त्रणमा लिएका थिए। उनीहरूले डर त्रास देखाई हतकडी लगाएर धनबहादुरको साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन र सिद्धार्थ बैंकको खाली चेकहरू लुटेर फरार भएका थिए।

    योजनाकार चिनजानकै साथी, असार १४ मा चार जना समातिएलुटपाटमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा राम शरण दमाई, सविन खवास, लक्ष्मी गोले र शेरबहादुर मोक्तान रहेका छन् । 

    पीडित धनबहादुरका चिनजानका साथी एवं वनस्थलीमा डेरा गरी बस्ने शेरबहादुर मोक्तान नै यो लुटपाटको योजना र घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी परिसर पीडित धनबहादुरका चिनजानका साथी एवं वनस्थलीमा डेरा गरी बस्ने शेरबहादुर मोक्तान नै यो लुटपाटको योजना र घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको रकममध्ये नेपाली एक हजार दरका नोट गरी जम्मा २ लाख रुपैयाँ बरामद गरिएको छ।पक्राउ परेका चारै जनामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १२:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij