Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ


  • 1.1K
    Shares

    विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
    images

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन लागेको हो । 

    पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको छ ।

    उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।   

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - ११:०८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij