Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द

पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द


  • 1.9K
    Shares

    पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द
    images

    काठमाडौं । हेटौँडा हुँदै काठमाडौँ आउजाउ गर्ने छोटो मार्ग कान्तिराजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ ।

    मकवानपुरको बकैया–१२ ठिंगनस्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो खसेर आवागमनमा अवरोध भएको हो। राति १२ बजेदेखि परेको पानीले पहिरो खसेको छ ।

    पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सडक डिभिजन कार्यालयसगँ समन्वय गरेर काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन शुरु भएको जनाएको छ ।

    यस्तै, आज बिहान भीमफेदी–८ भर्याङ डाँडामा पनि पहिरो खसेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले कान्तिराजपथ हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ । 

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १०:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij