Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्री र सचिवको गाडीको कालो सिसा ट्राफिकले हटायो

गृहमन्त्री र सचिवको गाडीको कालो सिसा ट्राफिकले हटायो


  • 1.7K
    Shares

    गृहमन्त्री र सचिवको गाडीको कालो सिसा ट्राफिकले हटायो
    images

    काठमाडौं । ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । 

    गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो । 

    कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका हुन् । ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।

    ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबार देखी हटाइरहेको छ । गृहमन्त्री गुरुङले सोमबार ट्राफिक प्रहरी कार्यालयमा पुगेर आफ्नो गाडीको सिसा पनि हटाउन भनेका थिए । उनले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १८:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij