Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म बन्द रहने

हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म बन्द रहने


  • 1.4K
    Shares

    हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म बन्द रहने
    images

    काठमाडौं । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ सडक आगामी असार २५ गतेसम्मै बन्द हुने भएको छ । हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय, हेटौंडाले जनाएको हो।

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित वडा नम्बर २ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ १५ गतेदेखि १ महिनाका लागि उक्त सडक पूर्णरुपमा बन्द गरिएको थियो। 

    सडक ढलान गरिएको स्थानमा कङ्क्रिट सेट हुन र आवश्यक स्ट्रेन्थु हासिल गर्न समय लाग्ने भएकाले सडक बन्द गर्ने अवधि थप गरिएको कार्यालयको भनाइ छ।

    कार्यालय प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक खण्ड साँघुरो भएको र ढलान गरिएको भागमा पूर्ण रूपमा सवारी सञ्चालन गर्न अझै परिपक्व नभएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको बताएका छन् । 

     सडक बन्द रहेको अवधिभर सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा कुलेखानी सिस्नेरी दक्षिणकाली सडक प्रयोग गरी आवागमन गर्न अनुरोध समेत गरेको छ।

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १७:०५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij