Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कीर्तिपुर होल्डिङ सेन्टरमा बस्ने सुकुमबासी डम्बर तामाङ पक्राउ

कीर्तिपुर होल्डिङ सेन्टरमा बस्ने सुकुमबासी डम्बर तामाङ पक्राउ


  • 1.4K
    Shares

    कीर्तिपुर होल्डिङ सेन्टरमा बस्ने सुकुमबासी डम्बर तामाङ पक्राउ
    images

    काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका घर भएका ३९ वर्षीय डम्बर तामाङ रहेका छन् ।

    तामाङलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । आरोपी तामाङले सुकुमबासी समस्या समाधान नभए ‘खुकुरी हान्छु’ भन्दै सामाजिक सञ्जालमा खुकुरी प्रदर्शन गरेको प्रहरीको आरोप छ । 

    सामाजिक सञ्जालमा डर र त्रास फैलाउने गरी भिडियो वा सामग्री पोस्ट गरेपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो । पक्राउ परेका तामाङमाथि थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारले जिम्मा लिएको छ। प्रहरीले उनीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १६:१९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij