Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अनलाइन ठगी रोक्न र कडा कानुन माग्दै साइबर ब्युरो अगाडि एक युवाको प्रदर्शन

अनलाइन ठगी रोक्न र कडा कानुन माग्दै साइबर ब्युरो अगाडि एक युवाको प्रदर्शन


  • 1.2K
    Shares

    अनलाइन ठगी रोक्न र कडा कानुन माग्दै साइबर ब्युरो अगाडि एक युवाको प्रदर्शन
    images

    काठमाडौं । अनलाइन माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने माग राख्दै काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरो अगाडि सोमबार एक युवाले प्रदर्शन गरेका छन् । 

    पछिल्लो समय सामाजिक सञ्जालमा शङ्कास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्रीहरूको आक्रामक प्रचार भइरहेको र यसबाट नागरिकहरू ठगीको जोखिममा परेको भन्दै नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले ब्युरो अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनले ‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । 

    आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई कानुनी प्रक्रिया र अनुसन्धान विना दोषी ठहर गर्नु नभएको अभियन्ता तिमिल्सिनाले स्पष्ट पारेका छन् । उनले सम्भावित जोखिमप्रति नागरिक सचेतना बढाउनु, तथ्यमा आधारित निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नु र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

    पछिल्लो समय डिजिटल प्लेटफर्म र बैंकिङ च्यानलहरूको दुरुपयोग गरी अनलाइन ठगीका घटना बढिरहेका बेला डिजिटल माध्यमलाई सुरक्षित बनाउन साइबर कानुन बलियो हुनुपर्नेमा उनले जोड दिएका छन्  । साथै, यस्ता प्रकृतिका अनलाइन ठगीबाट बच्न स्वयं नागरिकहरू पनि समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।  

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १६:०७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij