Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

लगातार घट्यो शेयर बजार, सबै सूचक ओर्लिए

लगातार घट्यो शेयर बजार, सबै सूचक ओर्लिए


  • 1.8K
    Shares

    लगातार घट्यो शेयर बजार, सबै सूचक ओर्लिए
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १६.५४ अंकले घटेर २,६३२ को विन्दुमा कायम भएको छ । 

    आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । 

    सबै समूहका सूचक घटेको छ । निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४ तथा फाइनान्स १.१३ प्रतिशत घटेको छ । बैंकिङ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ तथा व्यापार ०.३२ प्रतिशत घटेको छ ।

    ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत बढेका कम्पनीमा स्नो रिभर फल्स, टक्सार पिखुवाखोला, याम्बलिङ हाइड्रोपावर र धौलागिरि लघुवित्त छन् । मूल्य १५ प्रतिशत बढ्नेमध्ये ३ कम्पनी हालै सूचीकृत भएका हुन् । त्यस्तै लक्ष्मी सनराइज बैंकको २.६४, नेपाल रिपब्लिक मिडियाको २.४९ प्रतिशत मूल्य बढेको छ ।

    स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशत घटेको छ । सोपान फर्मास्युटिकल्सको ४.५०, एसियन हाइड्रोपावरको ४.४० तथा शिखर पावरको ३.७९ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको ८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    g.JPG

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १५:२८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij