२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे।
सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन, मधेस प्रदेशलगायत देशभर खानेपानी समस्या समाधान गरी एक घर एक खानेपानीको धारा व्यवस्था गर्न माग गरे। सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश संरचना खारेज गरिन नहुनेमा जोड दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij