Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

'सम्माननीय' र 'माननीय' सम्बोधन हटाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ

'सम्माननीय' र 'माननीय' सम्बोधन हटाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ


  • 2.1K
    Shares

    'सम्माननीय' र 'माननीय' सम्बोधन हटाउन माग गरिएको रिट सर्वोच्चद्वारा दरपीठ
    images

    काठमाडौं । सर्वोच्च अदालत प्रशासनले राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई प्रयोग गरिने ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विशेषण र सम्बोधनहरू हटाउन माग गर्दै दायर गरिएको रिट निवेदन सोमबार दरपीठ गरिदिएको छ।

    अधिवक्ता कुमार प्रसाद थपलियाले आज नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई दिएको निवेदन दरपीठ गरेको हो । 

    सर्वोच्च अदालत प्रशासनले उक्त निवेदन दर्ता गर्न नमिल्ने कारण खुलाउँदै दरपीठ आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, ‘निवेदकको कस्तो मौलिक वा कानुनी हक कसरी हनन हुन गएको हो र उल्लेखित विषयसँग निवेदकको सार्थक सम्बन्ध र तात्त्विक सरोकार के रहेको छ भन्ने कुरा पुष्टि हुने कुनै कागजात पेस गरेको देखिएन ।’

    अधिवक्ता थपलियाले आफ्नो निवेदनमा नेपालको संविधान र कानुनको स्पष्ट अख्तियारीबिना नै ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विभेदकारी र वर्ग विभाजनकारी शब्दहरू सरकारी कामकाज, पत्राचार र राजपत्रमा प्रयोग भइरहेको दाबी गरेका थिए।  

    p_ifclhJI0Ne.jpg

     

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १५:०५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij