Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नर्सिङ शिक्षामा ठूलो राहत: थप २ हजार विद्यार्थीले पीसीएल पढ्न पाउने बाटो खुल्यो

नर्सिङ शिक्षामा ठूलो राहत: थप २ हजार विद्यार्थीले पीसीएल पढ्न पाउने बाटो खुल्यो


  • 1.2K
    Shares

    नर्सिङ शिक्षामा ठूलो राहत: थप २ हजार विद्यार्थीले पीसीएल पढ्न पाउने बाटो खुल्यो
    images

    काठमाडौं । अब १०० शय्या क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजहरूले प्रमाणपत्र तह ९पीसीएल० नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ। 

    सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै यो व्यवस्था लागू हुन लागेको हो। 

    यस निर्देशनसँगै मुलुकभर थप २ हजारभन्दा बढी विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्न पाउने बाटो खुल्ने चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य एवं निवेदक डा.पदमबहादुर खड्काले जानकारी दिएका छन्।

    चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० को बैठकको निर्णय बमोजिम २०६५ चैत ४ भन्दा अगाडि नर्सिङ कार्यक्रम सञ्चालनको स्वीकृति पाएका संस्थाहरूले थप सिट निर्धारणका लागि आयोगमा प्रस्ताव पेस गर्न पाउने व्यवस्थालाई कार्यान्वयन गर्न भनिएको छ।

    उच्च अदालत पाटनले गरेको आदेशमा मापदण्ड पूरा गरेका संस्थाहरूलाई सञ्चालन अनुमति दिई सिट निर्धारणका लागि आयोगमा पेस गर्न सकिने स्पष्ट उल्लेख छ। अदालतले नर्सिङ प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनमा कुनै पनि बाधा पुर्‍याउन नहुने मूल मर्मलाई जोड दिएको हो।

    732252757_1018684130753812_4799564348216191098_n_GyGfugGVlU.jpg

    2h.jpg

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १४:३१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij