Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः सांसद खालिद

सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः सांसद खालिद


  • 939
    Shares

    सत्तारुढ रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छः  सांसद खालिद
    images

    काठमाडौं । राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । 

    सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त जिकिर गरेका छन्। सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताएका  छन्। उनले संघीयताको पक्षमा उभिएर मत मागेकाले प्रधानमन्त्री बालेन्द्र साहलाई जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने पनि बताएका छन्।

    सांसद खालिदले भने,‘ संघीयता कसैको दयामायामा आएको होइन । यो नेपाली जनताले एकात्मक शासन विरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो । संघीयता सफल भएन, खर्चिलो छ । सयौ सांसद पाल्न गाह्रो छ । हात्ति पाल्नु जस्तो छ । आदि इत्यादि भ्रम फैल्याउँदा संघीयतालाई कमजोर पार्ने वा खारेज गर्ने कुरा उठिरहेको छ । यो जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचनमा अहिलेका सम्माननीय प्रधानमन्त्री त्यतिबेलाका रास्वपाका वरिष्ठ नेता भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहजी जनकपुर पुग्नुभएको थियो । त्यहाँ उहाँले कामका लागि काठमाडौं जानु पदैन भनेर भन्नुभएको थियो । जनतालाई के लाग्यो भने अव त हामीलाई अव सबै यही नै हो भन्ने लागेर, यो मधेशको छोराले गर्छ भनेर अभूतपूर्व मत दिएका थिए । हामीले अहिले पनि आशा गरेको छौँ । किनभने कार्यकारी अधिकार उहाँको हातमा छ । संघीयताको खारेजी वा प्रदेश सभाको खारेजीमा नगई संघीयता कसरी बलियो हुन्छ रु अहिले सम्म यस्ता जातजाति पनि छन । जसको अधिकारको बारेमा हामीले अहिलेसम्म कुरा गरेका छैनौ । उनीहरुसम्म अधिकार पु¥याईन्छ । म सरकारबाट त्यत्तिनै आशा गरेर विदा लिन चाहन्छु ।’

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १३:५६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij