२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । डोल्पामा बिहान स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।
तर, शव खोलाको गहिरो खोल्साभित्र अड्किएको, भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव बढेकाले आइतबार दिनभर प्रयास गर्दा पनि उद्धार हुन सकेको थिएन ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरी शव सुरक्षित रूपमा निकालिएको हो ।
प्रहरीका अनुसार शव सुर्खेतको बराहताल गाउँपालिका-६ स्थायी घर भई हाल शे(फोक्सुण्डो गाउँपालिका-०८ रिग्मोमा कामका सिलसिलामा बस्दै आएका ३८ वर्षीय विष्णु विक भनेर चिनिने मंगले कामीको भएको पुष्टि भएको छ ।
उनी गत असार ६ गते रिग्मो गाउँबाट बेपत्ता भएका थिए। सोमबार उद्धार गरिएको शव उनकी पत्नीले सनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij