Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रङ्गेहात समातियो खाद्य कम्पनी: डल्ला परेको र किरायुक्त चामल नयाँ बोरामा हाल्दै गर्दा अनुगमन टोली पुग्यो

रङ्गेहात समातियो खाद्य कम्पनी: डल्ला परेको र किरायुक्त चामल नयाँ बोरामा हाल्दै गर्दा अनुगमन टोली पुग्यो


  • 1.1K
    Shares

    रङ्गेहात समातियो खाद्य कम्पनी: डल्ला परेको र किरायुक्त चामल नयाँ बोरामा हाल्दै गर्दा अनुगमन टोली पुग्यो
    images

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै गुणस्तरहीन चामल पुनः प्याकिङ गरी बिक्री वितरण गर्न लागेको फेला परेको छ। 

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङ जिल्लामा गरेको स्थलगत निरीक्षणका क्रममा सरकारी गोदामभित्रै यस्तो चरम लापरबाही फेला पारेको हो। 

    मुसाले खाएको र किरा परेको चामल नयाँ बोरामाअनुगमन टोली गोदाममा पुग्दा कम्पनीको चामल भण्डारण कक्षमा चरम अस्वस्थकर वातावरण र गम्भीर त्रुटिहरू पाइएका थिए। टोलीले मुसाले खाएर डल्ला परेको २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा हालेर पुनः प्याकिङ गर्दै गरेको रङ्गेहात फेला पारेको थियो। 

    उक्त चामलमा साना–साना डल्ला परेको र ती डल्लाभित्र किरा तथा विभिन्न जैविक जीवहरूसमेत भेटिएका छन्। नियमविपरीत बिक्री र भण्डारणमा लापरबाही अनुगमनका क्रममा उक्त खाद्य कम्पनीले चामलको बोरामा ब्याच नम्बर र मूल्यसमेत उल्लेख नगरी बजारमा बिक्री वितरण गरिरहेको पाइएको छ। 

    यसका साथै गोदामको तापक्रम अत्यधिक बढी रहेको, सरसफाइको चरम अभाव भएको, मुसा नियन्त्रणको कुनै प्रभावकारी व्यवस्था नभएको र चामलका बोरामा पूर्ण लेबल विवरणसमेत खुलाइएको थिएन।कानुनी कारबाहीको प्रक्रिया सुरुसरकारी निकायबाटै उपभोक्ताको स्वास्थ्यमाथि यति ठुलो लापरबाही भएपछि अनुगमन टोलीले कडा कदम चालेको छ। 

    नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१  को व्यवस्था बमोजिम विभागले उक्त खाद्य कम्पनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उक्त चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा नमुना सङ्कलन गरी पठाइएको छ र परीक्षणको प्रतिवेदन आएपछि थप आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।  

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १३:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij