Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा

पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा


  • 1.1K
    Shares

    पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
    images

    काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ ।

    गए राति काठमाडौं-३२ स्थित माँ ट्रेडर्स र तलेजु भवानी कन्सर्नमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । 

    शंखरापुर नगरपालिका वडा नम्बर-६ साँखु घर भएका धिरेन्द्र रन्जितकारले सञ्चालन गरेको माँ ट्रेडर्समा आगलागीबाट चाउचाउ र इनर्जी ड्रिंक क्षति भएको छ । रन्जितकार, उमेश कवाङ, रत्न दास श्रेष्ठ र ज्ञान रत्न मानन्धर मिलेर सञ्चालन गरेको तलेजु भवानी ट्रेड कन्सनको गोदाम घरमा राखिएको बियर आगलागीको कारण नष्ट भएको छ । 

    दुवै गोदाम राम श्रेष्ठको जग्गा भाडामा लिएर गोदाम घर सञ्चालन गरिएको थियो । ३ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १३:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij