Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति

सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति


  • 1.1K
    Shares

    सत्तारुढ रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति
    images

    काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् । 

    सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु चन्द्रबहादुर केसी, जगत तिमिल्सिनाले संविधान, कानून र अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् । सांसद केसीले विद्यार्थी युनियनहरु खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    उनले भने, ‘सुकुम्बासीहरुलाई लखेटियो, धपाइयो । सुख दिन्छु भनियो । तर अहिले सेल्टरमा बसेको सुकुम्बासीहरुको बिचल्ली देख्दा हृदयविदारक हुन्छ । त्यतातिर सम्माननीय अध्यक्षज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अर्को एकातिर विद्यार्थी युनियनहरु खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष भन्दा मुनिका ३५ हजार भन्दा बढी युवाहरुलाई आफनो पार्टीको सदस्य बनाएर हिँडाउने । 

    सांसद जगत तिमिल्सिना संविधान र कानून विपरित बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह समेत गरेका छन् । उनले नेपालको संविधान, कानूनले समेत निषेध गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई छुट हुन नहुने पनि बताएका छन् ।

    सांसद तिमिल्सिनाले भने, ‘नेपालको संविधान, बालबालिकासम्बन्धि ऐन र स्वमय बालबालिका सम्बन्धि कानूनको अन्तराष्ट्रिय पक्षधर राष्ट्रले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको छ । तर सम्माननीय अध्यक्ष महोदय सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी स्वयमले १८ वर्ष मुनिका ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टी सदस्य पार्टी सदस्य बनाएको आजको कान्तिपुर दैनिकको समाचारमा प्रकाशित छ । 

    यसरी राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान, कानून, एवम अन्तराष्ट्रिय कानून समेत उल्लंघन गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १२:५९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij