२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको सभा हलमा भोलिसम्म प्रशिक्षण चल्ने संसद सचिवालयले जनाएको हो ।
नवनिर्वाचित सांसदमा संसदीय प्रक्रिया, अभ्यास साथै नियमबारे जानकारीको अभावमा सदनमा परिपक्वता नदेखिएको भन्दै टिप्पणी भइरहेको बेला संसद सचिवालयले प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । संसदीय प्रशिक्षण शाखाले दिइरहेको यस प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराइने छ ।
नयाँ सांसदहरूलाई सदनको कार्यप्रणालीप्रति अभ्यस्त गराउन यो प्रशिक्षण निकै फलदायी हुने संसद् सचिवालयको विश्वास छ। यस कार्यक्रमले सांसदहरूमा कानुनी र प्राविधिक ज्ञानको विकास गर्ने, सदनभित्रको बहसलाई थप गुणस्तरीय र परिपक्व बनाउने तथा संसदीय मर्यादालाई उच्च राख्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij