Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हिजो तोलामा ४७ सय बढेको सुनको भाउ आज घट्यो

हिजो तोलामा ४७ सय बढेको सुनको भाउ आज घट्यो


  • 1.3K
    Shares

    हिजो तोलामा ४७ सय बढेको सुनको भाउ आज घट्यो
    images

    काठमाडौं । हिजो तोलामा ४ हजार ७ सय बढेको सुनको भाउ आज घटेको छ। 

    सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ८ सय पुगेको थियो।

    गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको भाउ १० हजार ४ सय रुपैयाँ घटेको थियो।

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलमा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो तोलामा १ सय ४५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँ पुगेको थियो।  

     

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - ११:३६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij