Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पत्नी, छोरा र बुहारीलाई साथमै लिएर कुलपूजा गर्न जाँदै गरेका घरमुली भिरबाट खसे

पत्नी, छोरा र बुहारीलाई साथमै लिएर कुलपूजा गर्न जाँदै गरेका घरमुली भिरबाट खसे


  • 1.6K
    Shares

    पत्नी, छोरा र बुहारीलाई साथमै लिएर कुलपूजा गर्न जाँदै गरेका घरमुली भिरबाट खसे
    images

    काठमाडौं । सुर्खेतमा एक पुरुषको भिरबाट खसेर मृत्यु भएको छ।

    पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरबाट खस्दा पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी ५५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    सुनार आइतबार दिउँसो कुलदेवताको पूजा गर्न परिवारसहित अछामको तुर्माखाँद गाउँपालिका–४ जुएतर्फ पैदल जाँदै थिए।  

    बाटो हिँड्ने क्रममा चिप्लिएर भिरबाट करिब ३०० मिटर तल खस्दा उनको मृत्यु भएको हो। भिरबाट लडेपछि सल्लाको मुडामा अड्किएका उनको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन्। 

    पत्नी धौली सुनार, छोरा कमल र बुहारी टिकुला सुनार पनि सँगै जाँदै गर्दा सुनार भिरबाट खसेका हुन्। 

    प्रकाशित मिति :आषाढ १५ २०८३ सोमवार - १०:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij