Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु हो: केपी ओली

अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु हो: केपी ओली


  • 1.4K
    Shares

    अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु हो: केपी ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

    मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा बोल्दै अध्यक्ष ओलीले प्रतिगामी शक्तिहरूका कारण समाजवाद निर्माणको दिशामा अवरोध सिर्जना भइरहेको आरोप लगाए।वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच एकताको आह्वानसम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रतिगमनकारी प्रवृत्तिलाई पराजित गर्नका लागि देशका सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। 

    कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर। यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो, ओलीले भने, सबै लोकतान्त्रिक वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ । उनले देशलाई सही दिशामा अघि बढाउन र जननेता मदन भण्डारीले देखाएको विचार र मार्गनिर्देशनलाई आत्मसाथ गर्दै अघि बढ्न सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।  

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १६:५१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij