Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन’: पूर्वप्रधानमन्त्री खनाल

‘अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन’: पूर्वप्रधानमन्त्री खनाल


  • 1.4K
    Shares

    ‘अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन’: पूर्वप्रधानमन्त्री खनाल
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । 

    दक्ष र सरोकारवाला पक्षबाहेक ‘अनाडी’हरूको संलग्नतामा गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने तर्क गरेका छन्। उनले संविधानको मूल मर्मलाई आत्मसात गर्दै विधिसम्मत ढङ्गले मात्र परिमार्जनको बाटो रोज्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

    नेता खनालले संविधानलाई एक गतिशील र लचिलो दस्तावेजका रूपमा चित्रण गर्दै समयको मागअनुसार यसलाई परिष्कृत र परिमार्जित गर्नुपर्ने आवश्यकता औँल्याका छन् । यद्यपि, संविधान संशोधनको प्रक्रिया स्थापित मापदण्ड, निश्चित मापदण्ड र संवैधानिक संयन्त्रका आधारमा मात्रै गरिनुपर्नेमा उनले जोड दिएका छन् । वर्तमान संविधान र गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताउँदै मुलुक गम्भीर राजनीतिक सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    उनले भने, ‘आज यो देशमा जुन खालका चुनौतीहरू खडा भएका छन् । राजनीतिक चुनौती देखि लिएर यो देशको अस्तित्व माथि खतरा आइरहेको छ । गणतन्त्र माथि खतरा आइरहेको छ । अहिलेको संविधान माथि खतरा आइरहेको छ । त्यस हुनाले संविधान एउटा लचिलो डाइनामिक पक्कै पनि दस्तावेज हो । त्यसलाई परिष्कृत परिमार्जित गर्नुपर्छ । तर बाँदरको हातमा नरिबल बन्न दिनु हुँदैन । संविधानलाई हामीले संशोधन गर्नुप¥यो भने पनि त्यही स्ट्याण्डरका आधारमा, त्यही मेकानिज्मका आधारमा हामीले गर्नुपर्ने हुन्छ । अनाडीहरूबाट संविधान संशोधन गरिँदैन ।  

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १५:३८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij