२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र भएको दाबी गरेका छन् ।
आईतवार मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गरेका छन्। उनले नेता भण्डारी र जिवराज आश्रितमाथिको षड्यन्त्र हत्या भएको जगजाहेर भएपनि दोषिलाई कारबाही गर्न नसकिएको स्वीकार गरेका छन् ।
उनले भने, ‘उहाँमाथि जुन हिसाबले हत्याको षड्यन्त्र रचियो, त्यो नेपालको कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हो, जुन आज पनि जारी छ ।’
उनले अहिले पनि पूँजीवादी दलालविरुद्धको लडाइँ जारी रहेको उल्लेख गर्दै वामपन्थी एकता अपरीहार्य आवश्यकता भइसकेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij