Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मदन भण्डारी जन्मजयन्ती: एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल

मदन भण्डारी जन्मजयन्ती: एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल


  • 1.2K
    Shares

    मदन भण्डारी जन्मजयन्ती: एउटै मञ्चमा ओली, प्रचण्ड र माधव नेपाल
    images

    काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित भएका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा यो दृश्य देखिएको हो।‘

    नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल सँगै देखिएका हुन्। पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यकार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्। 

    कम्युनिस्ट आन्दोलनमा आएको उतारचढाव र सहकार्यको बहस चलिरहेका बेला शीर्ष नेताहरूको यो उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। झलनाथ खनालको पनि उपस्थिति ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको पनि सहभागिता रहेको छ। 

    नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष र समकालीन नेताहरू एउटै मञ्चमा बसेर जननेता मदन भण्डारीको योगदान र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गरिरहेका छन्।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १४:४९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij