Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घट्न अझै केही समय लाग्ने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घट्न अझै केही समय लाग्ने


  • 1.4K
    Shares

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि घट्न अझै केही समय लाग्ने
    images

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने बताउका हुन् । 

    अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकि रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरेका छन् । केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अव घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो । 

    उनले भने,‘ मध्यपूर्वमा जुन समस्या देखियो । यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ । र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अव टाईम ल्याक त हुन्छ । क्रुड प्राईस त घटि नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ । त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अव घटनेवाला छ ।’

    अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दावी समेत गरेका छन् । 

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १४:२४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij