Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डोल्पाको सुलीगाड खोलामा शव फेला

डोल्पाको सुलीगाड खोलामा शव फेला


  • 1.2K
    Shares

    डोल्पाको सुलीगाड खोलामा शव फेला
    images

    काठमाडौं । डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव फेला परेको छ । जिल्लाको शे(फोक्सुण्डो गाउँपालिका-०८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

    प्रहरीका अक्सर स्थानीयवासीले आइतबार बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीलाई सूचना प्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन् ।

    घटनास्थलमा प्रहरी पुगेपछि मात्रै शवको पहिचान खुल्ने र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १३:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij