Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी

कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी


  • 988
    Shares

    कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीहरूमा अत्यधिक विषादी भेटिएपछि तिनलाई उपभोग नगर्न र तत्काल नष्ट गर्न निर्देशन दिइएको छ ।

    केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुरको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष विश्लेषण परीक्षणको आज आएको नतिजा अनुसार बजारमा ल्याइएका केही तरकारीहरू मानव स्वास्थ्यका लागि हानिकारक र उपभोगका लागि अयोग्य पाइएका हुन् ।

    प्रयोगशालाको परीक्षण प्रतिवेदन अनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा अर्गानोफस्फेट विषादीको मात्रा सुरक्षित सीमाभन्दा निकै बढी पाइएको छ ।

    कृष्णबहादुर धितालले ल्याएको धादिङको लौकामा ६६.५१ प्रतिशत, रामेश्वरप्रसाद कानुले ल्याएको मकवानपुरको काउलीमा ६४.५४ प्रतिशत र भरतप्रसाद अर्यालले ल्याएको सल्यानको आलुमा ६६.९९ प्रतिशत अर्गानोफस्फेटको रोकावट दर  देखिएकाले ती तरकारीहरू तत्काल विसर्जन गर्नुपर्ने सूचीमा परेका हुन् ।

    मापदण्ड अनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता कृषि उपजहरू नष्ट गर्नुपर्ने प्रावधान रहेको छ । सोही दिन परीक्षण गरिएका अन्य ९ वटा नमुनाहरू भने उपभोगका लागि सुरक्षित र योग्य पाइएका छन् । 

    प्रयोगशालाको नियम अनुसार ३५ प्रतिशतभन्दा कम विषादी रोकावट दर भएका कृषि उपजलाई उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म रोकावट दर देखिएमा केही दिन राखेर मात्र प्रयोग गर्न सकिने व्यवस्था छ । 

    730119706_4349219022056575_1620439991673794329_n_hAekuef18k.png

     

     

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १३:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij