Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ


  • 1.1K
    Shares

    चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
    images

    काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लव बहादुर सेजुवाल रहेका छन् । सेजुवालले गत बुधबार दिउँसो मादक पदार्थ सेवन गरी आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए। 

    प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।

    घटनापछि स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १३:२०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij