२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद रेणुका काउचाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीमा परिचालित गरेको विषयले आफूलाई निर्क गम्भिर र आश्चर्य चकित बनाएको बताएकी छन् ।
सांसद काउचाले नेपालको संविधान, कानूनले समेत बर्जित गरेको अवस्थामा उक्त पार्टीमा ठूलो संख्यामा बालबालिकाहरु रहेको उल्लेख गर्दै उनीहरुले निर्वाचित गरेका पदाधिकारी तथा सदस्यको बैधानिकतमाथि समेत प्रश्न उठेको समेत बताएकी हुन्।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद काउँचाले बालबालिकाहरुलाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ, संस्थाहरु खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधान विपरित बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नु पछ कि पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरेकी छन् ।
उनले भनिन्, स्वपाको सदस्यता लिनेहरुको फेहरिस्त हेर्दा त १८ वर्ष मुनिका पनि ३५ हजार २५७ जना हुनुहुँदो रहेछ । औपचारिक रुपमा नै घोषणा गरिएको यो सवालप्रति नेपाली काँग्रेसका ध्यान तानिएको जानकारी गराउन चाहन्छु । नेपालको संविधान र राजनीतिक दलसम्बन्धि ऐन, २०७३ अनुसार १८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । यस्तो कार्य गरेमा ८० हजार जरिवाना र ३ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । के सत्तारुढ दलको हकमा संविधान र यो ऐनको व्यवस्था नहुने हो र सभामुख महोदय । कि रास्वपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरेपनि हुने हो ?
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij