Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दक्षिणकालीमा पिकअप दुर्घटना, पाटन अस्पतालमा चालकको मृत्यु

दक्षिणकालीमा पिकअप दुर्घटना, पाटन अस्पतालमा चालकको मृत्यु


  • 1.0K
    Shares

    दक्षिणकालीमा पिकअप  दुर्घटना, पाटन अस्पतालमा चालकको मृत्यु
    images

    काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्सास्थित कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार आइतबार बिहान प्रदेश ०१-०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। 

    दुर्घटनामा चालक मकवानपुरकै थाहा नगरपालिका-९ चित्लाङका ४५ वर्षीय मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

    स्थानीय प्रहरी र उद्धार टोलीले उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल, ललितपुर पठाएकामा उपचारका क्रममा चिकित्सकले मगरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ११:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij