२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पतालले एक सूचना जारी गर्दै आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो। यस निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।
अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि समय समेत निर्धारण गरिएको छ। बिरामीहरूले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट प्राप्त गर्न सक्नेछन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij