Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कैलालीमा लागुऔषधसहित छ जना पक्राउ

कैलालीमा लागुऔषधसहित छ जना पक्राउ


  • 1.4K
    Shares

    कैलालीमा लागुऔषधसहित छ जना पक्राउ
    images

    काठमाडौं । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको बताएका छन् ।

    भट्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै, टीकापुर नगरपालिका–९ खक्रौलाबाट थप एक जना पक्राउ परेका छन् । एक ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित बर्दियाको राजापुर नगरपालिका–६ बस्ने २३ वर्षीय प्रमेश थारुलाई पनि पक्राउ गरिएको छ ।

    टिकापुर नगरपालिका–९ खैरीपुरबाट २९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–३ का २१ वर्षीय राहुल तिरुवा र १९ वर्षीय सुरेश खनाल पक्राउ परेका छन् ।

    उनीहरूलाई प्रहरी चौकी सत्तीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए ।

    यस्तै, टीकापुर नगरपालिका–८ खक्रौलाबाट एक ग्राम ९३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुरकै २३ वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका–३ लाएकपुरका २४ वर्षीय अर्जुन ऐडीलाई पनि पक्राउ गरिएको छ ।

    उनीहरुलाई विशेष सूचनाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १०:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij