Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढी, पहिरो र मर्मतका कारण यी राजमार्गहरू अवरुद्ध

बाढी, पहिरो र मर्मतका कारण यी राजमार्गहरू अवरुद्ध


  • 1.1K
    Shares

    बाढी, पहिरो र मर्मतका कारण यी राजमार्गहरू अवरुद्ध
    images

    काठमाडौं । देशभर भइरहेको वर्षा र सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ।

    नेपाल प्रहरीको आज बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार कोशी, बागमती र सुदूरपश्चिम क्षेत्रका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

    मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवालीमा असार १३ गते खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।  मध्य पहाडी लोकमार्गको भोजपुर नगरपालिका ५, बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी सुचारु रहेको छ।

    बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो अवरोध जेठ २२ गतेदेखि नै कायम रहेको छ।

    कुलेखानी–फाखेल–हुमाने–फर्पिङ काठमाडौँ सडक खण्ड सडक मर्मत कार्यका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक खण्ड करिब १ महिनासम्म बन्द रहने जानकारी दिइएको छ। 

    मध्य पहाडी लोकमार्गको पञ्चदेवल विनायक नगरपालिका ४, पानीखोलामा आज खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - १०:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij