Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विजयी

जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विजयी


  • 1.9K
    Shares

    जोर्डनलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना विजयी
    images

    काठमाडौँ । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्‍याएका छन् ।

    यस गोलसँगै मेसीले विश्वकप इतिहासमा एक अभूतपूर्व कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन् । उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

    समूह ‘जे’ को खेलमा जिओभानी लो सेल्सोको गोल मद्दतले साविक विजेता अर्जेन्टिनाले जोर्डन विरुद्ध सुरुवाती अग्रता बनाएको थियो ।

    टेक्ससको डल्लास स्टेडियममा जारी खेलको १९औं मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१औं मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका थिए । मेसीको गोलसँगै अर्जेन्टिनाले ३ १ को जित निकालेको हो । जोर्डनका लागि मुसा अल तमारीले खेलको ५५ मिनेटमा शान्तवना गोल फर्काएका थिए ।

    जितसँगै मेसी यस विधाका दुई गोलले अगाडि रहँदै ‘गोल्डेन बुट’ को दौडमा सबैभन्दा बलियो दावेदार बनेका छन् । मेसीको खेल जीवनमा जित्न बाँकी रहेका सीमित उपाधिहरूमध्ये गोल्डेन बुट पनि एक हो ।

    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ०९:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij