Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भक्तपुरमा छोराले गरे आफ्नै ४० वर्षीया आमाको हत्या

भक्तपुरमा छोराले गरे आफ्नै ४० वर्षीया आमाको हत्या


  • 2.2K
    Shares

    भक्तपुरमा छोराले गरे आफ्नै ४० वर्षीया आमाको हत्या
    images

    काठमाडौँ । जिल्ला भक्तपुर सूर्य विनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

    शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

    गम्भीर घाइते भएकी चौधरीलाई सूर्य विनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८३ शनिवार - ०७:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij