Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपाले छिट्टै वास्तविक चरित्र उदाङ्गो पारेः प्रचण्ड

रास्वपाले छिट्टै वास्तविक चरित्र उदाङ्गो पारेः प्रचण्ड


  • 2.2K
    Shares

    रास्वपाले छिट्टै वास्तविक चरित्र उदाङ्गो पारेः प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वास्तविक चरित्र छिट्टै उदाङ्गो पारेको टिप्पणी गरेका छन्। विराटनगरमा आयोजित प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ दलप्रति कडा कटाक्ष गरेका हुन्।

    रास्वपालाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिँदै उनले थपे, ‘उनीहरूले छिट्टै आफू को हो भन्ने कुरा क्लियर गरिदिए। अब हाम्रा साथीहरू उता जाने लोभ ६० प्रतिशतले घटिसकेको देखेको छु। अब बरु पोले पनि घामै जाती, पिटे पनि आफ्नै आमा जाती, आफ्नै पार्टी जाती।’

    प्रचण्डले आगामी महाधिवेशनसम्म पुग्दा तल्लो तहदेखि केन्द्रसम्मै निर्वाचित नेतृत्व स्थापित गर्ने घोषणा गरे। युवा पुस्तामा नेतृत्व सुम्पन आफू आतुर रहेको बताउँदै उनले अब ‘यसलाई जिताउनुस्’ भनेर कसैलाई टीका नलगाइदिने र कार्यकर्ताको हातमा पूर्ण अधिकार दिने प्रतिबद्धता व्यक्त गरे। विगतका रणनीतिक गल्तीहरू सुधार्दै नयाँ ढङ्गको पार्टी निर्माण गर्ने उनको भनाइ थियो।

    ‘मेरो अन्तिम क्रमभङ्ग हेर्न बाँकी नै छ’

    प्रचण्डले आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभङ्ग’ बाँकी रहेको उद्घोष गरे। उनले आफू राजनीतिबाट तत्काल विश्राम लिने पक्षमा नरहेको पनि स्पष्ट पारे। 

    बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्न बाँकी नै छ। म बुद्ध भिक्षु भएर घण्टी बजाउन आएको होइन, फेरि एक पटक देशलाई समाजवादी आन्दोलनतिर लैजान क्रमभङ्ग गरिनेछ।’

    वर्तमान राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले नेकपा (एमाले)सँग सहकार्य हुने खुलासा गरे। पार्टी एकताको सम्भावना नरहे पनि संसद्, सडक र आगामी निर्वाचनमा सहकार्य हुने खुलासा गरे।

    उनले समाजवादी मोर्चामा रहेका दलहरूसँग छिट्टै एकता हुने जानकारी दिँदै मुद्दाका आधारमा नेपाली कांग्रेस र मधेशवादी दलहरूसँग पनि मोर्चा बनाएर अघि बढ्न सकिने स्पष्ट पारे।

    प्रकाशित मिति :आषाढ १३ २०८३ शनिवार - ०७:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij