Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशन: मतदानको अन्तिम चरणमा विवाद, ३० मिनेट समय थपियो

रास्वपा महाधिवेशन: मतदानको अन्तिम चरणमा विवाद, ३० मिनेट समय थपियो


  • 1.7K
    Shares

    रास्वपा महाधिवेशन: मतदानको अन्तिम चरणमा विवाद, ३० मिनेट समय थपियो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको मतदान कार्यमा विवाद उत्पन्न भएको छ। मतदानको अन्तिम चरणमा आइपुग्दा प्रतिनिधिहरूबीच विवाद देखिएको हो। निर्वाचनका लागि तोकिएको प्रारम्भिक समय सकिएर मतदानस्थलको ढोका बन्द गरिएपछि विवाद सुरु भएको थियो।

    ढोका बन्द भएपछि बाहिर रहेका प्रतिनिधिहरूको एक समूहले आफूहरूले पनि मतदान गर्न पाउनुपर्ने माग राख्दै निर्वाचन टोलीलाई दबाब दिएका थिए।निर्वाचन आयोगद्वारा समय थपतनावपूर्ण स्थिति सिर्जना भएपछि केन्द्रीय निर्वाचन आयोगले मध्यमार्गी विन्दु पहिल्याउँदै मतदानको समय ३० मिनेट थप्ने निर्णय गरेको छ। 

    टाढा(टाढाबाट आएका प्रतिनिधिहरूको असुविधालाई मध्यनजर गर्दै समय थपिएको आयोगले जनाएको छ। यद्यपि, आयोगले थपिएको समयभित्र मतदानस्थलको हलभित्र प्रवेश गरिसकेका प्रतिनिधिलाई मात्र मतदानको अवसर दिइने स्पष्ट पारेको छ।

    निर्वाचन आयोगले मतदान प्रक्रियामा सहभागी हुनका लागि बैंक भौचर भरिसकेका प्रतिनिधिहरूलाई ढिलाइ नगरी दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गरेर हलभित्र आउन आग्रह गरेको छ। आयोगका अनुसार हालसम्म पदाधिकारी चयनका लागि करिब १२ देखि १३ सयको हाराहारीमा मत खसिसकेको छ। अहिले थपिएको समयमा शान्तिपूर्ण रूपमा मतदान सुचारु गराउने प्रयास भइरहेको छ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १७:५७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij