Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित

वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित


  • 1.2K
    Shares

    वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित
    images

    काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

    काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

    प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाए । उनले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी दिए । उनले सुकुम्बासी, भूमिहीन र गरिब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाए । 

    खतिवडाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्दै मध्यमवर्ग, बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गरे । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।

    उनले भने, ‘सुकुम्बानासी बस्तीमाथि डोजर लगाएर त्यहाँबाट होल्डिङ सेन्टरको नाममा जसरी लगियो र होल्डिङ सेन्टरमा लगेर पनि त्यसको वैकल्पिक व्यवस्था नगरिकन जनतालाई सुकुम्बासीहरूलाई त्यहाँबाट जसरी विस्थापन गर्नको निम्ति सूचना जारी गरिराखेको छ त्यसका विरुद्धमा हामी यो सशक्त संघर्षको रूपमा यहाँ खबरदारी गर्न आएका हौँ । सरकारले जुन ढंगले सुकुम्बासीहरू, गरिब भूमिहीनमाथि जसरी डोजर लगायो, त्यसको विरुद्धमा साच्चै यहाँका मध्यमवर्ग, यहाँका बुद्धिजिवीहरू, यहाँका पत्रकारहरू र यहाँका राजनीतिक पार्टीहरू बोलिराखेका छैनन् । समाजका हरेक वर्गलाई यस विषयमा सचेत गराउनको लागि पनि हामी यहाँ आएका हौँ । यो देश गरिब र निमुखा नागरिकले नै बनाएका हुन् । यदि काठमाडौंमा सुकुम्बासीहरु हुँदैन्थे भने हामी काठमाडौंको महलमा बसेर यसरी भाषण गर्ने कन्डिसन हुँदैन्थ्यो ।’

    प्रदर्शनकारीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:५७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij