२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार पनि शेयर बजार घटेर बन्द भएको छ । हिजो पनि घटेर बन्द भएको मार्केट आज पनि सामान्य अंकले घटेर बन्द भएको हो । आज नेप्से परिसूचक २ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ ।
आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५९ कम्पनीको ७७ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०६, निर्जीवन बीमा ०.५४ तथा व्यापार १.०८ प्रतिशत बढेको छ । बैंकिङ ०.०६, विकास बैंक ०.२७, फाइनान्स ०.३१, लगानी ०.५८, जीवन बीमा ०.०५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.५६ तथा अन्य ०.०८ प्रतिशत घटेको छ ।
हालै सूचीकृत भएका ३ नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । स्नो रिभर फल्स, टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि स्नो रिभरको मूल्य ३४३.५० रुपैयाँ पुगेको छ । त्यस्तै टक्सार पिखुवाखोला र याम्बलिङको मूल्य ६०३.२० रुपैयाँ पुगेको छ ।
कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै १०. ७६ प्रतिशत घटेको छ । सप्तकोशी विकास बैंकको ९.४५ तथा सोपान फर्मास्युटिकल्सको ४.०५ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स, सोपान फर्मायुटिकल्स तथा सप्तकोशी विकास बैंक छन्।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६ ८७ को इकाई कारोबार भएको छ । आज यसको ३३ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४ ८५ को २८ करोड ५७ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल बैंक डिबेञ्चरको २२ करोड ३४ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij