Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

संवैधानिक निकायले आफ्नो हैसियत किन गुमाए ? : रामकुमारी झाँक्री

संवैधानिक निकायले आफ्नो हैसियत किन गुमाए ? : रामकुमारी झाँक्री


  • 953
    Shares

    संवैधानिक निकायले आफ्नो हैसियत किन गुमाए ? : रामकुमारी झाँक्री
    images

    काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले संवैधानिक निकायहरूले आफ्नो वास्तविक हैसियत गुमाउँदै गएको भन्दै गम्भीर प्रश्न उठाएकी छन्। नेकपा एमालेकी नेतृ समेत रहेकी झाँक्रीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोग जस्ता निकायहरूको भूमिकामाथि प्रश्न उठाएकी हुन्।

    "हामी सबै सार्वजनिक पदमा रहेका बहाल वा पूर्व सबै व्यक्ति/पदाधिकारीलाई कुनै पनि उठेका विषयमा बोलाएर सोधपुछ, अनुसन्धान र बयान गराउन सक्ने हैसियत भएको अदुअआलाई पाँच घण्टा मात्र होइन, पाँच वर्ष अठ्याउँछौं भन्ने अवस्था कसरी आयो ?" झाँक्रीले प्रश्न गरेकी छन्, "जबकि बहालवाला प्रधानमन्त्रीमाथि पनि यसले छानबिन गर्न सक्छ।"

    मानव अधिकार आयोग सरकारको शाखा बन्योनेतृ झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोगको निष्पक्षतामाथि पनि औंला उठाएकी छन्। आयोग सरकारको शाखा जस्तो बनेको आरोप लगाउँदै उनले भदौ २३ र २४ गतेको घटनाको अहिलेसम्म किन निष्पक्ष छानबिन भएन भन्दै जवाफ मागेकी छन्।

    झाँक्रीले भूतप्रवाही फौजदारी कानुन बनाएर कसैलाई पनि अपराधी ठहर गरी सजाय गर्न नमिल्ने स्पष्ट पारेकी छन्। सरकारले कुनै पनि व्यक्ति वा संस्थाउपर अनुसन्धान गर्न सक्ने भए पनि राज्यको कदममा प्रतिशोधको गन्ध आउन नहुने उनको भनाइ छ। सरकारलाई चेतावनी दिँदै उनले अगाडि भनिन्, "मान्छेहरू तर्साएर चुप लगाउन खोजेको हो भने त्यसको पनि दिन आउँछ।"

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:३१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij