Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत

सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत


  • 1.2K
    Shares

    सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
    images

    काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

    प्रतिष्ठानले मुलुकको सिमानासँग सम्बन्धित विषयमा निरन्तर पैरवी गरी देश र जनताका पक्षमा उल्लेखनीय योगदान पुर्याएबापत सीमाविद् श्रेष्ठलाई रु एक लाख एक हजार १११ नगदसहित सम्मानपत्रबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते सो पुरस्कार दिइने छ ।

    करिब तीन दशकदेखि सो प्रतिष्ठानले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा इतिहास विषय वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ । नेपालको कूटनीतिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डा.भेषबहादुर थापालाई गत वर्ष सो पुरस्कार प्रदान गरिएको थियो । 

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij