Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा केन्द्रीय सदस्य चुनावमा श्रममन्त्री यादव पराजित

रास्वपा केन्द्रीय सदस्य चुनावमा श्रममन्त्री यादव पराजित


  • 1.1K
    Shares

    रास्वपा केन्द्रीय सदस्य चुनावमा श्रममन्त्री यादव पराजित
    images

    काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन् । मन्त्रिपरिषद्‍का अन्य आठजना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् ।

    मन्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला (राष्ट्रिय) केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

    पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाएका छन् । बालेन शाह नेतृत्वको सरकार १७ मन्त्रीमध्ये यादवसहित आठ जनाले पार्टीको केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।

    जसमध्ये श्रममन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने रास्वपाको केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

    रास्वपाको संशोधित विधानमा केन्द्रीय सदस्य १५८ सदस्यीय बनाइएको छ । जसमध्ये पहिलो चरणको निर्वाचनबाट ९९ जना निर्वाचित भइसकेका छन् ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १५:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij