Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रचण्ड भने एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ

प्रचण्ड भने एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ


  • 687
    Shares

    प्रचण्ड भने एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।

    विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताएका छन् । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने । 

    अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताएका छन् । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १४:४८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij