Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपामा गुटबन्दीको प्रयास भयो, संलग्नलाई कारबाही गरियोस्: मनिष झा

रास्वपामा गुटबन्दीको प्रयास भयो, संलग्नलाई कारबाही गरियोस्: मनिष झा


  • 918
    Shares

    रास्वपामा गुटबन्दीको प्रयास भयो, संलग्नलाई कारबाही गरियोस्: मनिष झा
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन्। चितवनको भरतपुरमा जारी महाधिवेशनका क्रममा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले पार्टीको स्थापित सिद्धान्तविपरीत समूहगत अभ्यास भइरहेको आरोप लगाएका हुन्। 

    उनले यो विषयमा पार्टी सभापति रवि लामिछानेको ध्यानाकर्षण समेत गराएका छन्।"जे गर्नु हुँदैन भनेर भनिन्छ, त्यही हुँदा नराम्रो हो," झा भन्छन्, "डेमोक्रेटिक प्रोसेस (प्रजातान्त्रिक प्रक्रिया) मा समूहगत अभ्यास गर्नुभयो, त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीत हो।"महाधिवेशनमा संस्थापन पक्ष नै गुटबन्दीमा लागेको संकेत गर्दै झाले सभापति लामिछानेलाई कडा कदम चाल्न आग्रह गरे।

     उनले भने, "संस्थापन पक्ष एकजुट हुनुभयो भने म यहीँबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्दिनुस् न। "रास्वपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला महामन्त्रीका दाबेदार झाले नै गुटबन्दीको कुरा उठाएपछि महाधिवेशनको माहौल थप तातेको छ। 

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १४:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij