Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१४ वर्षीया बालिका बलात्कार अभियोगमा इन्ड्राइभ चालक पक्राउ

१४ वर्षीया बालिका बलात्कार अभियोगमा इन्ड्राइभ चालक पक्राउ


  • 1.7K
    Shares

    १४ वर्षीया बालिका बलात्कार अभियोगमा इन्ड्राइभ चालक पक्राउ
    images

    काठमाडौं । काठमाडौंमा राइड सेयरिङ एप ‘इन्ड्राइभ’का एक चालकले १४ वर्षीया नाबालिकालाई घर नपुर्‍याई आफ्नै कोठामा लगेर बलात्कार गरेको गम्भीर घटना सार्वजनिक भएको छ । बलात्कारको अभियोगमा २३ वर्षीय इन्ड्राइभ चालक सुशील मोक्तानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

    सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोगपत्र अनुसार, कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोक बस्ने मोक्तानले इन्ड्राइभ चलाउने क्रममा ती बालिकासँग चिनजान गरेका थिए। गत जेठ १४ गते बेलुकी उनले ती बालिकालाई इन्ड्राइभमार्फत काठमाडौंको टोखा नगरपालिका–६, जालपाचोकस्थित उनको डेरामा पुर्‍याएका थिए। सोही यात्राका क्रममा उनीहरूबीच सामान्य कुराकानी भएको थियो। कुराकानीका क्रममा ती बालिकाले आफ्ना बुबाआमा वैदेशिक रोजगारीका लागि विदेशमा रहेको र घरमा आफू एक्लै बस्ने गरेको बताएकी थिइन् ।

    बालिका एक्लै बस्ने थाहा पाएपछि चालक मोक्तानले भोलिपल्ट अर्थात् जेठ १५ गते सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्पर्क गरी भेट्न आउन दबाब दिएका थिए । तर, पीडित बालिकाले समय नमिलेको भन्दै अस्वीकार गरेकी थिइन्। त्यसको भोलिपल्ट जेठ १६ गते बेलुकी करिब ७ बजे सुशीलले फेरि फोन गरेर ‘म आफैँ लिन आउँछु र तिम्रो कोठासम्म छोडिदिन्छु’ भन्दै प्रलोभनमा पारेका थिए। चालकले आग्रह गरेपछि ती बालिका बेलुकी करिब ८ बजे उनको मोटरसाइकलमा चढेकी थिइन्, तर चालकले उनलाई घर नपुर्‍याई आफ्नै कोठामा लगेर मदिरा सेवन गराई जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।

    जेठ १६ गते बेलुकी घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा राखेका सुशीलले पीडित बालिकालाई जोरपाटीस्थित आफ्ना दाजुभाउजूको कोठामा पुर्‍याएका थिए। त्यहाँ उनले आफ्ना साथीहरूसँग मिलेर बालिकालाई जबरजस्ती मदिरा सेवन गराए । बिहानको करिब ३ बजे बालिकाले आफ्नो डेरामा फर्काइदिन आग्रह गरेपछि सुशीलले उनलाई मोटरसाइकलमा त राखे, तर सिधै डेरामा नलगी थप मदिरा किनेर कागेश्वरी मनोहरास्थित आफ्नै कोठामा पुर्‍याए । कोठाको ढोकामा भित्रबाट चुकुल लगाई सुशीलले बिहान साढे ४ बजेतिर बालिकाको चर्को प्रतिकारका बावजुद शारीरिक बल र मदिराको नशा प्रयोग गरी जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ। करणी गरेपछि सुशील सोही ओछ्यानमा निदाएका थिए । 

    सुशील निदाएपछि पीडित बालिकाले चलाखीपूर्वक शौचालय जाने बहाना गरिन् र ढोका खोली आफ्नी साथीलाई फोन गरेर आफ्नो अवस्थाबारे जानकारी दिइन् । उनले मोबाइलबाट आफ्नो 'लोकेसन' समेत पठाइन् । लोकेसनका आधारमा पीडितकी साथी तत्कालै सुशीलको कोठामा पुगिन् र सोझै १०० मा फोन गरेर प्रहरीलाई खबर गरिन् । खबर पाएलगत्तै बिहान ६ बजे प्रहरी टोली घटनास्थल पुगेर सुशीललाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनास्थलबाट मदिराका बोतल र अन्य भौतिक प्रमाण बरामद गरेको छ । अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले पनि बालिकामाथि करणी भएको र शरीरमा चोटपटक लागेको पुष्टि गरिसकेको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १३:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij