Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ


  • 1.0K
    Shares

    विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ
    images

    काठमाडौं । सर्वोच्च अदालतले विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आगामी असार १६ गते गर्ने भएको छ।

    पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्। रिटमा हिरासतलाई गैरकानुनी घोषणा गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।

    उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले असार १५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालय सँग लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अदालतले सोही लिखित जवाफ प्राप्त भएपछि असार १६ गते रिटमाथि विस्तृत सुनुवाइ गर्ने मिति तोकेको हो।

    उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेत बाट पक्राउ गरिएको थियो। पक्राउपछि असार ९ गते उनलाई विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो।

    विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

    बन्दीप्रत्यक्षीकरणको रिटमा अदालतले हिरासत कानुनसम्मत भए वा नभएको, पक्राउ तथा थुना प्रक्रिया प्रचलित कानुनअनुसार भए वा नभएको, साथै व्यक्तिको मौलिक अधिकार उल्लङ्घन भएको छ वा छैन भन्ने विषयमा परीक्षण गर्नेछ।

    अदालतको आगामी सुनुवाइले पौडेलको हिरासतको वैधानिकताबारे महत्वपूर्ण कानुनी निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १३:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij